काठमाडौं । ६० दिने युद्धविरामको घोषणा गरेका अमेरिका र इरानबीच फेरी तनाव चर्किएको छ । मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको हो ।
अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।
कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै ती आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दाबी छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्रस (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफ स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकै रहेको एक इरानी तेल ट्याङ्कर तथा केश्म टापुको दक्षिणी क्षेत्रमा रहेको सञ्चार टावरमा प्रहार गरेको थियो ।
आईआरजीसीले त्यसपछि अमेरिकी तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अमेरिका र इरानबीच फेरी चर्कियो तानाव
- आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
- आज पनि यी ठाउँमा छ पानी पर्ने सम्भावना
- भारतीय प्रधानमन्त्री मोदीसँग आज भेट्दै सभापति लामिछाने
- नेपाल बैंक र मेधर्म क्लिनिक्सबीच सम्झौता, ग्राहक तथा कर्मचारीलाई १५ प्रतिशतसम्म छुट
- चाँगुनारायण नगरपालिका र नेपाल इन्जिनियरिङ कलेजविच समझदारी
- इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
- कर सुधार र अन्तःशुल्क खारेजी ऐतिहासिक, विद्युत् र ईभीमा थपिएको कर पुनर्विचार होस्– चेम्बर



ट्रेन्डिङ
खबरमुकाम







