नेपालगञ्ज । दर्शन सेवा समाज बाँकेको ११ औं साधारणसभा तथा छैटौं अधिबेशन शनिवार नेपालगञ्जमा हुने भएको छ । ठकुरीहरुको छाता संगठनको रुपमा रहेको समाजको अधिबेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
अध्यक्ष रमेश बहादुर शाहका अनुसार, पूर्वमन्त्री गजेन्द्र हमालको प्रमुख आतिथ्यतामा सुनखरि रेष्टुरेण्टमा शनिवार बिहान ११.०० बजे देखि अधिबेशन शुरु हुनेछ ।
अधिबेशन तथा साधारणसभाले वार्षिक प्रगति, आर्थिक प्रतिवेदन अनुमेदान गर्नुका साथै नयाँ नेतृत्व चयन गर्नेछ । समाजले नेपालगञ्ज १२ मुक्तिपुरमा समाजको कार्यालयसँगै बहुउद्देशीय भवन निर्माण गरिरहेको छ ।
२०६१ सालमा गठन भएको समाज २०६२ सालमा विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएको थियो । सो समाजको संस्थापक अध्यक्ष जयन्ती शाही हुन् भने यस संस्थाको विद्यान मस्यौदाकार हालका अध्यक्ष रमेश बहादुर शाह हुन् । तत्पश्चात किरण बहादुर शाह, धर्मराज शाह, शशि शाहले सो समाजको नेतृत्व गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







