काठमाडौँ । पोखरा २५ हेमजामा पाँचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ । देवीस्थान सेवा समाजको आयोजनामा यही असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो ।
महोत्सव देविस्थान टोल,विष्णुपादुका मन्दिर परिसर क्षेत्र पोखरा २५ हेमजामा हुनेछ । क्लब उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा विभिन्न उपसमितिका साथ मूल आयोजक समिति गठन गरिएको छ ।
विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन र आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन र हेमजाका कृषकहरूको सम्मान र युवाहरूलाई कृषिमा प्रोत्साहनका लागि हेमजा हिले महोत्सवलाई निरन्तरता दिएको अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
महोत्सवको आकर्षणमा पुरुष तथा महिला रस्साकस्सी, पुरुष तथा महिला हिले दौड, घैँटो फुटाउने, हिलोमा माछा समात्ने, धान रोप्ने, म्युजिकल बेलुन, हिले नाच, हलगोरु दौडलगायतका प्रतियोगिता रहेको महोत्सव मूल आयोजक समितिका संयोजक चन्द्रकला पोखरेलले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’को लोकार्पण
- कुतः पिकाकबाट तीन स्रष्टा पुरस्कृत
- नेपाली उद्यमी समीर खनालद्धारा लन्डनको प्रतिष्ठित मेफेयरमा रोजवुड फार्मेसी सञ्चालन
- आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न
- सत्ताच्युत भएको दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना
- विराटनगरस्थित देवनरा ग्रुपमा प्रहरीको छापा, मुन्दडा समूहको घरमा खानतलासी
- पहिरो र ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध
- आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम






