काठमाडौंं । नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन्।
शनिबार सम्पन्न ग्राण्ड फिनालेमा पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उनले उपाधि जितेका हुन्। परियाले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गरेको आयोजकले टिमले जनाएका छन्।
त्यस्तै फर्स्ट रनरअप सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा भए। गुरुङले १० लाख नगद र ट्रफी पाए भने विश्वकर्माले ५ लाख नगदसहित ट्रफी हात पारेका थिए।
अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करण गत फागुन २४ देखि प्रसारण सुरु भएको थियो। पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएका थिए। कार्यक्रम एपीवान टेलिभिजनबाट प्रशारण हुँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
- रास्वपा महाधिवेशनको असरः प्रतिनिधिसभाको बैठक सर्यो
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- दक्षिण कोरियालाई हराउँदै दक्षिण अफ्रिका अन्तिम ३२ मा
- मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
- रास्वपा महाधिवेशनमा मतदान जारी
- आज केही भूभागमा वर्षा, तराईका केही क्षेत्रमा तातो लहरको सम्भावना



ट्रेन्डिङ
खबरमुकाम







