काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल सेभेन स्टार) बीच वित्तिय परामर्श र व्यवस्थापनको लागि सम्झौता सम्पन्न भएको छ ।
नारायणहिटी उत्तर ढोका स्थित होटलको कर्पोरेट कार्यालयमा दुबै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा २०८१ आषाढ ६ गते उक्त सम्झौता सम्पन्न भएको हो ।
सम्झौता पत्रमा होटलको तर्फबाट अध्यक्ष हरि प्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई हस्ताक्षर गरे ।
चितवनको सौराहामा २०६७ सालमा स्थापित होटल सेभेन प्रालि दुई तारे सुविधा सम्पन्न होटल हो । ५२ कट्ठा जमिनमा निर्मित होटलमा सुविधा सम्पन्न ४८ कोठा, स्वीमिङ पुल, छुट्टै रेष्टुरेन्ट, तिनवटा सेमिनार हलहरू रहेका छन् ।
होटलले निकट भविष्यमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न पाँच तारे स्तरको सुविधा प्रदान गर्ने गरि होटललाई स्तरोन्नती गरिहेको छ । आउने वर्ष होटलको थप ३० वटा कोठा, सेमिनार हल, जीम क्लब, कन्टिनेन्टल रेष्टुरेन्ट बनाउने योजना छ । त्यसको लागि थप पूँजीको आवश्यकता पर्छ । थप संस्थापक शेयरधनीहरू ल्याउने र सर्वसाधारणलाई शेयर जारी गरी पूँजीको ब्यवस्था गर्ने योजना रहेको होटलका अध्यक्ष हरि प्रसाद पाठकले जानकारी गराए ।
होटलको हालको पूँजी संरचना परिवर्तन, लिमिटेड कम्पनीमा रूपान्तरण, आवश्यक श्रोतको व्यवस्थापन, व्यवसायिक योजना, होटलको बजारीकरण, सर्वसाधारणलाई शेयर निष्काशन लगायत कार्यमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले परमर्शदाताको रूपमा सेवा प्रदान गर्नेछ ।
नेक्सजेन म्यानेजमेन्ट सम्पत्ति व्यवस्थापन र व्यवसायिक परामर्श दिने कम्पनी हो। छोटो अवधिमा यसले स्वदेशी र विदेशी उद्योगपति व्यवसायीलाई परामर्शदाताको सेवा दिन सफल भएको जानकारी गराउन चाहन्छौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

ट्रेन्डिङ
खबरमुकाम







