काठमाडौं । नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-२ घोडाहास्थित सडकबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्रामसहित भारत महाराजगंज निपनिया बस्ने ३० वर्षीय उमेश यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलाटारी र इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५६ एवाई ५४५० नम्बरको मोटरसाइकल चालक यादवलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
त्यस्तै मोरङ रंगेली नगरपालिका- ४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम ४ सय ९० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ४ बस्ने ३५ वर्षीय भुवनेश्वर प्रसाद साह र सोही नगरपालिका ९ बस्ने २५ वर्षीय सागर यादव रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
- रास्वपा महाधिवेशनको असरः प्रतिनिधिसभाको बैठक सर्यो
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- दक्षिण कोरियालाई हराउँदै दक्षिण अफ्रिका अन्तिम ३२ मा
- मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
- रास्वपा महाधिवेशनमा मतदान जारी
- आज केही भूभागमा वर्षा, तराईका केही क्षेत्रमा तातो लहरको सम्भावना



ट्रेन्डिङ
खबरमुकाम







