काठमाडौँ । नेपाली पर्यटन उद्योगमा परिचित र दबदवा कायम गर्दै आएको ट्राभल एण्ड टुर कम्पनी रुप्से होलिडेजले २ सय बढी विदेशी पर्यटकलाई भ्रमण गराउँदैछ । भियतनामको हानोइबाट मे ११ र मे १८ मा गरी २ सय बढी बुद्धिष्ट धर्मावलम्बी चार्टर्ड फ्लाइटमा नेपाल आउन लागेको रुप्से होलिडेजका म्यानेजिङ डाइरेक्टर रमेश पराजुलीले जानकारी दिए ।
बुद्ध धर्मावलम्बीका साथै उच्च तहका भिक्षुहरुले नेपाल भ्रमण गर्न लागेको पराजुलीको भनाई छ । पर्यटकहरु भियतनामको हानोइबाट पहिलो चार्टर फ्लाइटमा मे ११ को बेलुका ६ बजे काठमाडौंमा अवतरण गर्नेछन् ।
बुद्धिष्ट पर्यटकहरु ५ रात होटल हायत प्यालेस काठमाडौंमा र अरु रात जाम्बाला होटल, होटल हलेसी, भर्खरै खुलेको लेमज ट्रि प्रिमियर होटलमा रहनेछन् । उनीहरु कूल ७ रात र ८ दिनको प्याकेजमा नेपाल भ्रमण गर्नेछन् । ६ रात काठमाडौं र १ रात हलेसीमा बास बस्ने कार्यक्रम रहेको छ ।
यो नितान्त धार्मिक भ्रमण रहेको र यसबाट नेपाललाई बुद्ध धर्म मान्ने देश भनेर चिनाउँन ठूलो सहयोग पुग्ने रुप्से होलिडेजका म्यानेजिङ डाइरेक्टर पराजुलीले जानकारी दिएका छन् । रुप्से होलिडेजले बिदेशी पर्यटकलाई नेपाल भ्रमण गराउनुका साथै नेपाली पर्यटकहरुलाई विश्वका विभिन्न देशमा विभिन्न प्याकेजमा भ्रमण गराउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







