काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले नेपाल पर्यटन बोर्डलाई राम्ररी चलाउने हो भने नीतिगत सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
बोर्डका अध्यक्षसमेत रहेका सचिव पाण्डेयले बोर्डलाई चलायमान बनाउन आवश्यक नीतिगत निर्णय गर्न आफू सधै सकारात्मक रहेको जानकारी दिए । बोर्डले आज आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सचिव पाण्डेयले पर्यटन प्रबर्धनका लागि प्रभावकारी बजेटको तयारीमा लाग्न पनि बोर्डलाई निर्देशन दिए ।
पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारीको उत्कृष्ट नमूना भएको उल्लेख गर्दै उनले बोर्ड गठन गर्दाको उद्देश्य अनुरुप काम गर्न सके नेपालको पर्यटन प्रबर्धन गर्न सकिने धारणा राखे । बोर्डका बोर्डका कार्यकारी सदस्य ऋषि भण्डारीले पर्यटन चलायमान बनाउन आवश्यक नीतिगत सहजिकरण तथा सरोकारवालाबिच सहकार्य आवश्यक भएको उल्लेख गरे ।
उनले बोर्डलाई चलायमान बनाउन सचिवले पहल गर्नुपर्ने र त्यसमा निजी क्षेत्रकोतर्फबाट सधैँ साथ सहयोग रहने बताए । बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले बोर्डलाई प्रभावकारी ढंगले सञ्चालन गर्न आवश्यक नीतिगत सुधारको लागि मन्त्रालयबाट सहजीकरण हुने विश्वास व्यक्त गरिन् । सो अवसरमा बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटन बोर्डको समग्र गतिविधिबारे प्रस्तुतिकरण दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने
- हाजिरी जमानीमा छुटे सेफ सन्तोष साह
- आजको मौसमः केही प्रदेशमा वर्षा, तराईका क्षेत्रमा गर्मी बढ्ने
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने



ट्रेन्डिङ
खबरमुकाम





