काठमाडौं । पर्यटन बिकास र प्रवर्द्धन हाम्रो अभियान" भन्ने नाराका साथ साल्पा सिलिछो गाउँपालिका भोजपुर र साल्पा सिलिचुङ/सिलुछो सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तराष्ट्रिय समितिको संयुक्त आयोजनामा साल्पा सिलिचुङ/सिलुछो दर्शनसँगै सुम्निमा-पारुहाङ/नीनामरीदुम-पारुपाको प्रतिमा र किराँती धामी बिजुवा नोक्छो/नोक्छोङ पार्क २०८१ वैशाख ६ र ७ गते कुलुपोङखो र साल्पा पोखरीको बीचमा रहेको माबु बजारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पुर्वमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा अनावरण कार्यक्रम हुने भएको छ ।
साल्पा सिलिचुङ/सिलिछो परियोजना अन्तर्गत पहिलो चरणको अनावरण गर्ने कार्यक्रममा किरात जन्य विभिन्न संघ संस्थाको प्रतिनिधिहरु, कलाकारहरु, लेखक तथा साहित्यकारहरु, इतिहासविद पू्र्खाहरु, पत्रकारहरु साथै विश्वभर छरिएर बसेका सम्पुर्ण किरातीहरुलाई निमन्त्रणा गरिएको छ ।
के हो साल्पा-सिलुछो/सिलिचुङ ?
किरातीहरुको मुन्दुम अनुसार साल्पा-सिलिचुङ/सिलुछो पवित्र मुन्दुमी स्थल साथै मुन्दुम मान्ने विश्वभरका किरातीहरुको निमित्त एक पवित्र धार्मिक तथा साँस्कृतिक स्थल मान्ने गरिन्छ । मुन्दुम अनुसार किरातीहरुको आदिम पुर्खाहरु रिकापा-रिभ्यामा, साल्पाहाङ-रिब्रिहाङमा/रिब्रिमा त्यस्तै कुलुङ मिथक अनुसार खालिङको पुर्खा माप्य कुलुङको पुर्खा छेम्सी, राताप्खु र ताम्सी जस्ता आदिम पुर्खाहरुको साल्पा सिलिचुङ/सिलुछो आदिमथलो अर्थात् बासस्थान गरेको मुन्दुमी जनविश्वास रहेको छ । त्यसैले, किरातीहरुको साँस्कृतिक नायकहरु/संस्कृतिविद नोक्छो, नछुङ, माङ्पा, नागिरे, सेलेमोप, दे:मोप, मोबोछा, कुबी, ज्वाम्चो, मावी, दोवा, पासिङ, वाटाङ्पा, बुङ्पेन्मी, समग्रमा धामी बिजुवाहरु वर्षेनी मुन्दुमी शक्ति आर्जन गर्नको लागी (Mundumi Ritual Journey) मुन्दुमी यात्राको निमित्त साल्पा-सिलिचुङ/सिलुछो जाने गर्दछन ।
हिन्दुहरुको मानसरोवर ताल र कैलाश पर्वत, क्रिस्चियनहरुको जेरुसेलम, मुस्लिमहरुको मक्का-मदिना, बुद्धिष्टहरुको लुम्बिनी महत्त्वपूर्ण भएजस्तै किरातीहरुको साल्पा सिलिचुङ/सिलुछो अत्यन्तै महत्वपुर्ण पवित्र मुन्दुमी स्थल तथा किरात धार्मिक तथा साँस्कृतिक स्थल, किरात साँस्कृतिक सम्पदा (Kirat Cultural Heritage) को रुपमा मान्न सकिन्छ l तसर्थ, किरातीहरुको पवित्र मुन्दुमी स्थल, धार्मिक तथा साँस्कृतिक स्थल साल्पा-सिलिचुङ/सिलुछोलाई संरक्षण र प्रवर्द्धन गर्न साथै सुम्निमा-पारुहाङ/नीनामरीदुम-पारुपाको प्रतिमा, विभिन्न मुन्दुमी पात्रहरुको प्रतिमा तथा चिण्डो आकारको गेट निर्माणसँगै (मुन्दुम/रीदुम संग्रहालय) समेत निर्माण गरेर साल्पा सिलिचुङ/सिलुछोलाई किरात साँस्कृतिक सम्पदाको रुपमा स्थापना गर्न लागिएको हो ।
काठमाडौंबाट साल्पा जाने मार्गहरु :
रुट नं. १, गाडीमा काठमाण्डौबाट सोलु महाकुलुङ गुदेलसम्म १ दिन, महाकुलुङ गुदेलदेखि ८ घन्टा पैदल यात्रा । जम्मा २ दिनमा साल्पा पुगिने । हवाईमार्ग मार्फत काठमाण्डौबाट सोलु फाप्लुमा झरेर फाप्लुदेखि महाकुलुङ गुदेलसम्म गाडीमा ५ घन्टामा पुगिने । महाकुलुङ गुदेलदेखि ८ घण्टामा साल्पा पुगिने ।
रूट नं. २, हवाईमार्ग मार्फत काठमाण्डौबाट संखुवासभा तुम्लिङटार झरेर तुम्लिङटारबाट गाडीमा तेन्दो फेदी हुँदै चेक्सिलासम्म १ दिन, चेक्सिलादेखि ३ घण्टा पैदल यात्रा ।
पुर्वी क्षेत्रबाट साल्पा जाने मार्गहरु :
रुट नं. १, गाडीमा धरानदेखि संखुवासभा तुम्लिङटारसम्म ६ घन्टा, तुम्लिङटारदेखि कार्तिकेघाटसम्म २ घन्टा, कार्तिकेघाटदेखि फेदी चेक्सिलासम्म ८ घन्टा । र, चेक्सिलादेखि ३ घन्टा पैदल यात्रा । जम्मा २ दिनमा साल्पा पुगिने ।
रुट नं. २, गाडीमा धरानबाट भोजपुर चखेवा भञ्ज्याङ १ दिन, चखेवा भञ्ज्याङ्देखि मुन्दुम पदमार्ग हुदै २ दिन पैदल यात्रा, जम्मा ३ दिनमा साल्पा पुगिने ।
रुट नं. ३, गाडीमा धरानदेखि उदयपुर कटारी, घुर्मी हुँदै खोटाङको केपीलासगढीसम्म १ दिन, केपिलासगढी सुङ्देलबाट पुरै १ दिन पैदल यात्रा । जम्मा २ दिनमा साल्पा पुगिने । अनावरण कार्यक्रममा विश्वभरिका करिब ५ सय किरातीहरुको उपस्थिति रहने आयोजकको अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गर्मी छल्न कुपिन्डे ताल पुग्छन् आन्तरिक पर्यटक
- बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न कपन साहित्य समाजको माग
- ‘इको टुरिजम’ विकास गरिएपछि पर्यटकको रोजाइमा परेको हात्तीदह सिमसार
- भेडेटारमा एक पटकमा दुई सय जना हिँड्न स्काइ वाक निर्माण अन्तिम चरणमा
- वाग्मती सफाइ महाअभियान ११ औँ वर्ष पूराः २० हजार मेट्रिक टन बढी फोहर व्यवस्थापन
- DTMX977 च्याम्पियनसिप सिरिज फिनाले: डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट
- तीन दशकअघिको मधेश चिनाउँदै मण्डलले गरे ‘कल्चरल भिलेज’ सञ्चालन
- वायु सेवा निगमको प्रतिफल देखिने गरी इमान्दारीपूर्वक काम गर्न पर्यटन मन्त्री तामाङको निर्देशन