काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘रेमिट्यान्स’ पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थल प्रयोग गर्दा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिएका छन् । उनले अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न पनि आग्रह गरेका छन् ।
अध्यागमन विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैदेखि सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन पनि आग्रह गरे । उनले अध्यागमन सुधारका योजना ल्याउन आग्रह गर्दै उक्त योजनामा मन्त्रालयले सक्दो सहयोग गर्ने विश्वास दिलाए ।
केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेको सन्दर्भ जोड्दै उहाँले खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाई जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधना सम्पन्न बनाउन केही चुनौती रहेको स्वीकार गर्दै उनले प्रयास जारी राख्न अनुरोध गरे ।
उनले भने, “हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहन्न, भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनुहुन्न, दलीय आबद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला ।” सो क्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाइ र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए । कार्यक्रममा विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतीबारे जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गर्मी छल्न कुपिन्डे ताल पुग्छन् आन्तरिक पर्यटक
- बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न कपन साहित्य समाजको माग
- ‘इको टुरिजम’ विकास गरिएपछि पर्यटकको रोजाइमा परेको हात्तीदह सिमसार
- भेडेटारमा एक पटकमा दुई सय जना हिँड्न स्काइ वाक निर्माण अन्तिम चरणमा
- वाग्मती सफाइ महाअभियान ११ औँ वर्ष पूराः २० हजार मेट्रिक टन बढी फोहर व्यवस्थापन
- DTMX977 च्याम्पियनसिप सिरिज फिनाले: डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट
- तीन दशकअघिको मधेश चिनाउँदै मण्डलले गरे ‘कल्चरल भिलेज’ सञ्चालन
- वायु सेवा निगमको प्रतिफल देखिने गरी इमान्दारीपूर्वक काम गर्न पर्यटन मन्त्री तामाङको निर्देशन