तुलसीपुर । दाङको तुलसीपुर– १७ जनकट्टास्थित शहीद स्मृति आवासीय विद्यालयमा ६ सय ४५ विद्यार्थी अध्ययनरत छन् । तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका शहीद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ । यति मात्रै होइन, पालनपोषण पनि त्यही नै गरिन्छ । त्यही विद्यालय परिवारको पीडा भुलाउने माध्यम बनेको छ ।
आफू सात महिना हुँदा बुबा सहिद भएपछि टुहुरो भएका रोल्पा सुनछहारीका पर्शुराम रोकाले विज्ञान विषय लिएर कक्षा १२ सम्म सोही विद्यालयमा पढे ।
बुबा शहीद भएपछि टुहुरो भएका रोकालाई आमाले जसोतसो गाउँमै कक्षा ८ सम्म पढाइन् । यसपछि शहीद स्कुलमा कक्षा ९ देखि पढ्न आए । ‘मलाई यो विद्यालयका बारेमा थाहा थिएन, यहाँ बस्ने दिदीले भनेपछि मात्रै थाहा भयो र यहाँ आएँ’, उनले भने, ‘मैले रोल्पाबाटै कक्षा ८ पास गरे पनि यहाँ अङ्ग्रेजी माध्यम भएकाले पुनः ८ मा नै भर्ना भएर पढेँ ।’
यहाँ आएपछि बुबा, आमाको माया पाएजस्तो अनुभूति भएको उनले बताए । शिक्षकलाई बुबाजस्तै, खाना पकाउने दिदीलाई आमा, बुबाजस्तै र त्यहाँ पढ्ने विद्यार्थीलाई दाजुभाइजस्तै लाग्ने गरेको उनी बताउँछन् । ‘बुबा भनेको बुबा नै हो, बुबाको जस्तो माया त कहाँ पाइन्छ होला र ?’, उनले भने, ‘तर, यहाँ पाएपछि बुबाआमाको माया पाएजस्तै भएको छ, दाजुभाइसँग भेट भएको महसुस भएको छ ।’
यहाँ सबै सहिद, बेपत्ता, घाइतेका छोराछोरी भेट्दा मनका कुरा हुन्छन्, खुसी लाग्ने गरेको उनले बताए ।
त्यस्तै सोही विद्यालयमा द्वन्द्वपीडित अञ्जना दहितले पनि १२ पढी सकिन् । उनले पनि विद्यालयमा विभिन्न १६ जिल्लाका द्वन्द्वपीडित अध्ययनरत विद्यार्थीबीच भावना साटासाट हुने गरेको बताइन् । ‘पढाइ त छँदैछ, यो विद्यालय हाम्रो भावना साट्ने थलो बनेको छ’, उनले भनिन्, ‘सबैका मनका कुरा सुन्दा खुसी लाग्छ ।’
उनका बुबाले तीन–चार वर्ष जनयुद्धका क्रममा जेल जीवन बिताएका थिए । उनीहरु जस्तै अहिले विद्यालयमा ६ सय ४५ द्वन्द्वपीडित आवासीय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म पढाइ हुन्छ ।
विसं २०६६ मा जनकल्याण मावि दुधराससँग सहकार्य गरी उक्त विद्यालय सञ्चालनमा आएको हो । सोही विद्यालयमा आवासीय र शैक्षिक कार्यक्रमका लागि सरकारले अनुदान रकम उपलब्ध गराउने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच सहकार्यको सम्झौता
- कामना सेवा विकास बैकद्धारा विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण
- रवि लामिछानेले छुट्याए आफ्ना शत्रु, को को परे ?
- उपाध्यक्ष पौडेलको गिरफ्तारीमा आक्रामक एमाले, सशक्त प्रतिवाद गर्ने निर्णय
- रास्वपाको मतदान निर्धारित समयमा नहुने, उम्मेदवारको अन्तिम सूची कुर्दै निर्वाचन आयोग
- विश्वकपमा क्रोएसियाको पहिलो जित, पानामा बाहिरियो
- रास्वपाको सभापतिमा निर्विरोध बने रवि लामिछाने
- देशका केही भूभागमा वर्षाको सम्भावना, तराईमा तातो लहरको चेतावनी



ट्रेन्डिङ
खबरमुकाम






