काठमाडाैं । सुकमेलमा धेरै नै फाइदाजनक तत्व हुन्छन् । यसले शरीरलाई विभिन्न प्रकारले फाइदा दिने गर्छ ।
आज जानौं बिहान यसलाई खाली पेट सेवन गर्दा कस्ता फाइदा हुन्छन् भनेर–
खाली पेट सुकमेलको सेवन गर्दा कयौं समस्याबाट राहत पाउन सकिन्छ । यसका लागि बिहान खाली पेट दुई वा तीनवटा सुकमेल चपाएर खान सक्नुहुन्छ । त्यसपछि एक गिलास तातो पानी पिउनुहोस् ।
खाली पेट सुकमेल खाँदा पेट स्वस्थ राख्न सहयोग पुग्छ । साथमा यसले एसिडिटी र अपच जस्ता समस्या पनि कम हुन्छन् ।
दैनिक खाली पेट दुई वा तीनवटा सुकमेल चपाउनुहुन्छ भने भोक नलाग्ने समस्या पनि कम हुन्छ । साथमा शारीरिक कमजोरी पनि हट्छ ।
बिहान खाली पेट तातो पानीसँग सुकमेल खानाले कपाललाई पनि स्वस्थ बनाउन सकिन्छ । सुकमेलमा भरपूर मात्रामा पोटाशियम र फाइबर हुन्छ । यसले रक्तसञ्चारलाई राम्रो बनाउँछ ।
यसमा एन्टी ब्याक्टेरियल गुण पाइने भएकाले घाँटी दुखेको वा रुघाखोकीमा पनि राम्रो काम गर्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रवि लामिछानेले छुट्याए आफ्ना शत्रु, को को परे ?
- उपाध्यक्ष पौडेलको गिरफ्तारीमा आक्रामक एमाले, सशक्त प्रतिवाद गर्ने निर्णय
- रास्वपाको मतदान निर्धारित समयमा नहुने, उम्मेदवारको अन्तिम सूची कुर्दै निर्वाचन आयोग
- विश्वकपमा क्रोएसियाको पहिलो जित, पानामा बाहिरियो
- रास्वपाको सभापतिमा निर्विरोध बने रवि लामिछाने
- देशका केही भूभागमा वर्षाको सम्भावना, तराईमा तातो लहरको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्राको नेपाली मूल्य कति छ ?
- यस्तो छ आज बिदेशी मुद्राको नेपाली मूल्य



ट्रेन्डिङ
खबरमुकाम






