काठमाण्डौ । पछिल्लो २४ घन्टामा विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मोरङ, कपिलवस्तु र नवलपरासी पूर्वमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
मोरङको ग्रामथान गाउँपालिका-२ मा कटहरीबाट झोराहाटतर्फ जाँदै गरेको मे१त ७०५९ नम्बरको ट्याक्टरको ठक्करबाट सोही गाउँपालिका-२ बस्ने १९ वर्षीय पैदलयात्री उपेश सरदारको बुधबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सरदारको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२ बर्गदास्थित सडकमा नम्बर नखुलेको गाडीको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री नाइम तेली मुसलमानकी ७ वर्षीया छोरी तैहब्बा मुसलमानको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी तैहब्बाको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-६ माईली साईली चोकमा ना१च ३६६७ नम्बरको साइन बोर्डिङ स्कुलको भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने शोभा थापा मगरको ५ वर्षीय छोरा स्वस्थी थापा मगरको बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







