काठमाडौँ । सर्वोच्च अदालतले न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको निधनबाट न्याय र कानुनको क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फूलकोट)ले उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधनमा उच्च अदालत पाटन, हेटौडा इजलास तथा ती मातहतका जिल्ला अदालत शोक बिदाका रूपमा बन्द रहने निर्णय गरेको छ ।
“न्यायाधीश मरासेनीको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको छ”, पूर्ण बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्यायाधीश मरासेनीको मङ्गलबार बिहान हृदयघातका कारण निधन भएको थियो । उनि न्यायाधीशका रूपमा सेवारत रहँदा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्न एवं न्याय र कानुनको क्षेत्रको विकासका लागि पु-याउनु भएको योगदान अतुलनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।
विसं २०२४ जेठ २८ गते स्याङ्जामा जन्मिएका न्यायाधीश मरासेनीले २०५० साउन १ गतेदेखि नेपाल न्याय सेवामा शाखा अधिकृतको पदबाट सेवा प्रारम्भ गरेका थिए । उनि २०७० जेठ २७ गते जिल्ला न्यायाधीश पदमा नियुक्त भएका थिए । साथै उनि २०८० पुस १९ गते उच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका थिए । उनको मङ्गलबार साँझ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







