काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर वैवाहिक बलात्कार मुद्दाको मिसिल झिकाउन उच्च अदालतको नाममा आदेश जारी गरेको छ । आज बुधवार कामु प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिल पोखरेलको इजलासले यस्तो आदेश जारी गरेको हो ।
रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध उनकै पत्नीले दायर गरेको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश दिएको थियो । तर गिरीकी पत्नीले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै सर्वोच्च अदालतसम्म पुगेकी थिइन् ।
त्यसअघि काठमाडौँ जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा अदालतले गिरीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । सो आदेशको विरुद्ध उनकी पत्नी उच्च अदालत पाटनमा ७३ नम्बरको निवेदन बोकेर पुगेकी थिइन् । उच्च अदालत पाटनले पनि काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेपछि न्यायाधीश गिरीका पत्नी परिसर २६ (परिसर) २०७९/०८० सर्वोच्च अदालतसम्म पुगेकी थिइन् ।
न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने उनको माग रहेको छ । आफ्नो मागलाई दबाब दिन भन्दै उनकी पत्नी कहिले सर्वोच्च अदालत अगाडि आत्मदाहको प्रयास गर्ने त कहिले अनसन बस्ने गरेकी छिन् ।
दुई पटक पेसीमा चढेर हेर्न नभ्याइएको उक्त निवेदन बुधवार कामु प्रधानन्यायाधीश खतिवडा र न्यायाधीश पोखरेलको इजलासमा सुनुवाइ भएपछि आदेश र सोसँग सम्बन्धित मिसिल झिकाउने आदेश भएको हो । साथै उक्त निवेदनको सुनुवाइका लागि आगामी माघ २४ गतेको पेसी समेत तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्तो छ आज बिदेशी मुद्राको नेपाली मूल्य
- विष्णु पौडेलको गिरफ्तारीप्रति ओलीको आपत्ति, सरकारमाथि प्रतिशोधको आरोप
- हालान्ड चम्किँदा नर्वे विश्वकपको नकआउट चरणमा
- नगरकोटमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ
- आज पहाडी क्षेत्रमा पानी पर्ने, तराईमा तातो लहर
- प्रतिनिधि विवादले रास्वपाको बन्दसत्र भोलिसम्म स्थगित
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते



ट्रेन्डिङ
खबरमुकाम






