काठमाडौं । दही कपालका लागि एकदमै फाइदाजनक मानिन्छ । यसमा हुने प्रोबायोटिक गुणहरु जाडोमा कपाललाई स्वस्छ बनाउन सहयोग गर्छ । आउनुहोस् जानौं दहीबाट बनेका केही हेयर मास्कहरु जसलाई लगाउँदा चायाँको समस्या कम हुन्छ । चायाँ हटाउनका लागि तपाईं सिधै दहीलाई टाउको तथा कपालमा लगाउन सक्नुहुन्छ । दहीमा पाइने क्लीनिंग प्रोपटीले चायाँ हटाउन सहयोग गर्छ ।
दही र कागती
कागती र दही दुबै चायाँ हटाउनका लागि उपयोगी मानिन्छन् । यसलाई लगाउनका लागि केही चम्चा दहीमा दुई चम्चा कागतीको रस राखेर मिक्स गर्नुहोस् । अब यसलाई स्काल्प तथा कपालमा लगाउनुहोस् । यसले चायाँ कम गर्नुका साथै कपालमा चमक पनि दिन्छ ।
दही र एलोवेरा
दहीमा एलोवेरा मिसाएर लगाउँदा पनि चायाँ त कम हुन्छ नै साथमा कपाल मुलायम तथा चमकदार पनि बन्दछ ।
दही र मेथी दाना
मेथी दानालाई पनि कपालको समस्याका लागि रामवाण मानिन्छ । लगभग दुई चम्चा जति मेथी दानालाई भिजाएर पिस्नुहोस् र त्यसमा दही मिसाएर पेस्ट तयार पार्नुहोस् । उक्त पेस्टलाई आधा घण्टा कपालमा राखेर स्याम्पुले धुनुहोस् ।
दही र अन्डा
दही र अन्डा मिसाएर लगाउँदा पनि चायाँको समस्या कम गर्न सकिन्छ । दही र अन्डालाई एउटा कचौरामा राम्रोसँग मिसाएर उक्त मिश्रणलाई कपालको जरादेखि टुप्पासम्म लगाउनुहोस् र आधा घण्टा राखेर धुनुहोस् ।
दही र मह
कपाललाई चायाँमुक्त बनाउनका लागि तथा चमक बढाउनका लागि दहीमा मह मिसाएर हेयर मास्क बनाएर पनि लगाउन सकिन्छ । यो मिश्रणलाई लगाएर केहीबेर राख्नुहोस् र कपाललाई स्याम्पुले धुनुहोस् । एजेन्सी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







