काठमाडौं । अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्रि गरेको अभियोगमा दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
जिल्ला अदालत कैलालीले उद्योग वाणिज्य संघका सचिव दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराका नाममा पक्राउ पुर्जी जारी गरेको हो । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षसहितका ११ जना पदाधिकारीले उनीहरुका नाममा मंगलबार किटानी जाहेरी दिएपछि कारबाही प्रक्रिया अघि बढाउन अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएपी कुलदिप चन्दले किटानी जाहेरी दिएका दुवै जनालाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी पनि जारी भइसकेको बताए । उनीहरुलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाउने चन्दले बताए ।
अत्तरियामा पुस २६ गतेदेखि माघ ७ गते सम्म सञ्चालन भएको सुदूरपश्चिम महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएको थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







