काठमाडाैं । हेटौँडास्थित भुटनदेवी मावि मतदान केन्द्रमा मतदान चलिरहेको छ । बिहान ९ बजेबाट दिउँसो १ बजेसम्म तीन सय ३८ जनाले मतदान गरिसकेका छन् ।
बागमती प्रदेश निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिएअनुसार कुल तीन सय ४७ जना मतदाता रहेकामा अहिलेसम्म तीन सय ३८ जनाले मतदान गरिसकेका हुन् ।
प्रदेश सभा सदस्यतर्फ एक सय १० मध्ये एक सय पाँचजना तथा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई सय ३७ मतदातामध्ये दुई सय ३३ जनाले मतदान गरेका छन् ।
निर्वाचन अधिकृत सञ्जेलले ३ बजेसम्म मतदानको समय तोकिएकाले ३ बजेसम्म नै मतदानका लागि पर्खने बताएका छन् ।
फागुन २० गतेबाट रिक्त हुने राष्ट्रिय सभाको १९ सिटमध्ये बागमती प्रदेशअन्तर्गत अन्य, महिला, अल्पसंख्यक÷अपांगता र दलित गरी चार सिटमा निर्वाचन प्रक्रिया जारी रहेको छ ।
निर्वाचनका लागि सत्तागठबन्धनका तर्फबाट कांग्रेसका दुई तथा माओवादी र एकीकृत समाजवादीका एक–एकजनाले उम्मेदवारी दिएका छन् भने एमालेका चार, राप्रपाका तीन तथा नेमकिपाका चारजना उम्मेदवार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्तो छ आज बिदेशी मुद्राको नेपाली मूल्य
- विष्णु पौडेलको गिरफ्तारीप्रति ओलीको आपत्ति, सरकारमाथि प्रतिशोधको आरोप
- हालान्ड चम्किँदा नर्वे विश्वकपको नकआउट चरणमा
- नगरकोटमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ
- आज पहाडी क्षेत्रमा पानी पर्ने, तराईमा तातो लहर
- प्रतिनिधि विवादले रास्वपाको बन्दसत्र भोलिसम्म स्थगित
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते



ट्रेन्डिङ
खबरमुकाम






