त्रिविद्वारा शैक्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिकसत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले स्नातक तहको चारवर्षे वार्षिक प्रणाली र आठ सेमेस्टर प्रणाली तथा स्नातकोत्तर तहको चार सेमेस्टर प्रणालीको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

सम्बन्धित सङ्काय र अध्ययन संस्थानका डिन बसेर शैक्षिक क्यालेन्डर बनाइएको परिषद्का सदस्य सचिव एवं परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार वार्षिक प्रणालीअन्तर्गत चार वर्षका लागि पहिलो वर्षको परीक्षा २०८१ भदौको दोस्रो साता, दोस्रो वर्षको भर्ना २०८१ असोजको दोस्रो साता र परीक्षा २०८२ असारको दोस्रो साता तोकिएको छ । 

त्यस्तै, तेस्रो वर्षको भर्ना २०८२ असारको दोस्रो साता, परीक्षा २०८३ जेठ दोस्रो साता, चौथो वर्षको भर्ना २०८३ असार दोस्रो साता र परीक्षा २०८४ वैशाख दोस्रो साता तोकिएको छ । यसैगरी, स्नातक तहको सेमेस्टर प्रणालीअन्तर्गत पहिलो सेमेस्टरको परीक्षा २०८१ वैशाखमा, दोस्रो सेमेस्टरको २०८१ असोज, तेस्रो सेमेस्टरको २०८१ चैत, चौथो सेमेस्टरको २०८२ भदौ÷असोजमा तोकिएको छ । 

स्नातकतर्फको पाँचौँ सेमेस्टरको २०८२ चैतमा, छैटौँ सेमेस्टरको २०८३ असोज, सातौँ सेमेस्टरको २०८३ चैत र आठौँ सेमेस्टरको २०८४ असोजमा तोकिएको छ । स्नातकोत्तर तर्फको प्रथम सेमेस्टरको परीक्षा २०८१ असार, दोस्रो सेमेस्टरको २०८१ माघ, तेस्रो सेमेस्टरको २०८२ असार र चौथो सेमेस्टरको २०८२ पुसमा तोकिएको परीक्षा नियन्त्रक जोशीले बताए । सेमेस्टर र वार्षिक प्रणालीमा १ सय दिनभित्र नतिजा निकाल्ने गरी तयारी गरिएको उनले जानकारी दिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै