स्वर्गद्वारी । भृङ्गी–स्वर्गद्वारी–होलेरी सडकको भृङ्गी–स्वर्गद्वारी सडकखण्ड सुरक्षित बनाउन थालिएको छ । पवित्र धार्मिक पर्यटकीयस्थल स्वर्गद्वारी पुग्ने यात्रुहरुको सुरक्षाका लागि सडक सुरक्षा र स्तरोन्नतिको काम थालिएको हो ।
सडक डिभिजन कार्यालय जस्पुर र सडक पूर्वाधार विकास कार्यालय प्यूठानले ट्राफिक सुरक्षा र पहिरो नियन्त्रणसम्बन्धी काम गर्न यातायात सञ्चालनमा रोक लगाइ काम थालेका हुन् ।
धार्मिक पर्यटकीय क्षेत्रमा बर्सेनी भइरहने सडक दुर्घटना कम गर्ने लक्ष्य लिइएको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर राजीव श्रेष्ठले बताए । भृङ्गी–स्वर्गद्वारी सडक १४ किलोमिटर लामो छ । यो सडकखण्डमा झण्डै छ किलोमिटरमा ‘स्टिल व्यारियर’ राखिने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागमार्फत आएको रु सात करोड ८९ लाख चार हजार ५१७ बजेटले सडक सुरक्षा सुधारको काम गर्न थालिएको श्रेष्ठले बताए । उनका अनुसार सडक निर्माणको जिम्मा ड्रामा–जलजला–रेड–अर्थ जेभीले लिएको छ । सडकको २०८१ असार २२ मा सक्नेगरी सम्झौता भई निर्माण सुरु गरिएको छ ।
सडक पूर्वाधार विकासका कार्यालयका प्रमुख चन्द्रबहादुर साहले तारजाली, ग्याविन पर्खाल, प्लम कङ्क्रिट टेवा पर्खाल, आरसिसी पर्खाल, ह्युमपाइपलगायत कामका लागि रू दुई करोड ८३ लाख ७८ हजार ५२२ को सम्झौता गरी काम सुरू गरिएको जानकारी दिए । पौडेल कन्ट्रक्सन सन्धिखर्क अर्घाखाँचीले ठेक्का लिइ २०८१ असार १२ भित्र सक्नेगरी ठेक्का सम्झौता भएको हो । दुई महिनामा सडक खोली यातायात सञ्चालन गर्ने तयारी रहेको दुवै कार्यालयले जनाएको छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख साहले भने, “चैतसम्म यातायात चलाउन मिल्नेगरी काम भइरहेको छ, यसलाइ जतिसक्यो छिटो गर्नेछौँ ।” साहले साँघुरो सडक फराकिलो, कालोपत्र मर्मत, ट्राफिक सुरक्षाले स्वर्गद्वारी यात्रा सुरक्षित बनाउने उद्देश्य रहेकोसमेत बताए ।
भृङ्गी–स्वर्गद्वारी सडक बुधबार राति १२ बजेदेखि अर्काे सूचना नआएसम्मका लागि बन्द गरिएको छ । संयुक्त विज्ञप्ति जारी गरी धार्मिक पर्यटकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । स्वर्गद्वारी पुग्न घोराही हुँदै जाने बाटो यथावत छ भने भृङ्गी–धनवाङ–धरपानी सडकबाट पनि जान सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रतिनिधि विवादले रास्वपाको बन्दसत्र भोलिसम्म स्थगित
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते
- रास्वपाको महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि, बागमतीबाट सबैभन्दा बढी
- रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको सम्बोधन रहने
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो



ट्रेन्डिङ
खबरमुकाम





