काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली मदिरा उत्पादन गरी बेचबिखन गर्ने नौजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीस्थित भरत थापाको दुईतले घर भाडामा लिइबसेका विनोदकुमार कार्कीले स्वदेशी तथा विदेशी ‘ब्रान्ड’का नक्कली मदिरा उत्पादन गरी कालोबजारी गरेको आरोपमा ती नौजनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।
आज सार्वजनिक गरिएकामा रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भई हाल काठमाडौँ मूलपानी बस्ने २८ वर्षीय मनोज खत्री, रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भई हाल कोटेश्वर बस्ने ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोक कमलामाई नगरपालिका–९ घर भई हाल मूलपानी बस्दै आएका २८ वर्षीय गौरब तामाङ, सिन्धुपाल्चोक चौतारा नगरपालिका–३ बस्ने २७ वर्षीय मोहन खड्का, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३६ वर्षीय सुमन नगरकोटी, सिन्धुली कमलामाई नगरपालिका–७ घर भई कोटेश्वर बस्ने ४० वर्षीय लेखविक्रम थापा रहेका छन् ।
यसैगरी, रामेछाप मजुवा गाउँपालिका–३ गाघर भई मूलपानी बस्ने २३ वर्षीय महेश खत्री, रामेछाप खाँडादेवी नगरपालिका–२ घर भई हाल काठमाडौँ मुलपानी बस्ने २० वर्षीय मनिष खत्री र सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई हाल काठमाडौँ मूलपानी बस्ने १८ वर्षीय रोशन कार्की रहेका छन् । पक्राउ परेका विनोद कार्कीको थलीस्थित कोठा खानतलासी गर्दा स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरहीन मदिरा बनाई कालोबजारी गर्ने गरेको तथा उनीहरुले आन्तरिक राजश्व कार्यालय अन्तःशुल्कका ‘स्टिकर’हरु समेत नक्कली बनाएर प्रयोग गर्ने गरेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख राठोरले बताए ।
उनले भने, “नक्कली मदिरा उत्पादन गरी बेचबिखन गर्ने गरेको गोप्य सूचना प्राप्त भएपछि हामीले खानतलासी गर्दा नक्कली खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक मदिरा, मदिरा बनाउन प्रयोग गर्ने समानहरु, अन्तःशुल्कका नक्कली स्टिकर, लेबलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु बरामद गरेका छौँ ।” पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइने जानकारी पनि उनले दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रतिनिधि विवादले रास्वपाको बन्दसत्र भोलिसम्म स्थगित
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते
- रास्वपाको महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि, बागमतीबाट सबैभन्दा बढी
- रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको सम्बोधन रहने
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो



ट्रेन्डिङ
खबरमुकाम





