चितवन । माडी नगरपालिकाले कृत्रिम गर्भाधानबाट सुत्केरी भएका पशुचौपायालाई सुत्केरी भत्ताबापत रु एक हजार दिने गरेको छ । नगरभित्र रहेका गाईभँैसीमा कृत्रिम गर्भाधान गराई सुत्केरी भएका पशुलाई आहाराका लागि सो रकम दिने गरिएको हो । भत्ता दिन थालेसँगै पशु बीमा गराउनेको सङ्ख्या पनि बढ्दै गएको छ ।
नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखाप्रमुख डा रबिन बस्ताकोटीका अनुसार सुरुआतमा सुत्केरी भएका गाईभैँसीलाई भत्ता दिन थालिए पनि अहिले कृत्रिम गर्भाधान गराएका र बीमा गरिएकालाई भत्ता उपलब्ध गराइएको हो ।
माडी क्षेत्रमा भँैसी धेरै पालिने गरे पनि कृत्रिम गर्भाधान खासै गरिँदैनथ्यो । भत्ता लिनका लागि कृत्रिम गर्भाधान गराएको प्रमाणपत्र, सो वस्तुबाट जन्मिएको पाडापाडी, बाच्छाबाच्छीसँगै भएको फोटो, पशु बीमा गराएको प्रमाणपत्रसमेत राखेर निवेदन दिनुपर्ने हुन्छ । बीमा अनिवार्य गरेपछि यस वर्ष एक सय पशुधनीले भत्ता माग गर्ने अनुमान गरिएको छ ।
पशुलाई सुत्केरी भत्ताको कार्यक्रम सुरु गरेपछि अहिले पशु बीमा गराउनेको सङ्ख्यासमेत बढ्दै गएकोउनले बताए । पशु बीमाका लागि सङ्घीय सरकारले ८० प्रतिशत, माडी नगरपालिकाले १५ प्रतिशत र पशुधनीले पाँच प्रतिशत बेहोर्ने गरी काम गरिँदै आइएको छ । बस्यालका अनुसार पशु बीमामा मात्रै बार्षिक रु १२ लाख विनियोजन हुँदै आएको छ । माडीमा चालु आर्थिक वर्षमा ६ सय ५३ गाईभैँसीलाई कृत्रिम गर्भाधान गराइएकामा छ सय गाई र ५३ भैँसी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







