गलकोट । बागुलुङमा विसं २०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए । स्वास्थ्य बीमा गर्न घरघरमा पुगेका दर्ता सहयोगीलाई स्वास्थ्य बीमाको महत्व बुझाउन मुस्किल थियो । मुस्किलले एक-दुई परिवार बीमामा आबद्ध भए पनि अरूले भने बेवास्ता गरेका थिए ।
जिल्लामा स्वास्थ्य बीमा सुरु भएको सात वर्ष बितिसक्दा भने यसमा आबद्ध नागरिकको सङ्ख्या क्रमशः उकालो लागेको छ । घरघरमा पुगेर स्वास्थ्य बीमामा आबद्ध हुन नमानेका नागरिकले अहिले बीमा गर्न आफैँ बोलाउन थालेका छन् ।
स्वास्थ्य बीमा गर्नेमध्ये ५७ हजार नौ सय ९५ महिला र ५१ हजार पाँच सय ८६ पुरुष छन् । उनका अनुसार सबैभन्दा बढी स्वास्थ्य बीमामा आबद्ध हुने बागलुङ नगरपालिकाका नागरिक छन् । नयाँ स्वास्थ्य बीमाका सदस्य थपिँदै जाने र केही नवीकरण नगर्ने नागरिकको सङ्ख्या घट्दै गए पनि स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दै गएको तथ्यांकले देखाएको छ ।
कमै मात्रमा उपचारका लागि धवलागिरि अस्पतालमा आउने बिरामीको सङ्ख्या यो कार्यक्रम लागू भएपछि उपचारमा आउनेको सङ्ख्या तेब्बरले वृद्धि भएको छ । अहिले यस अस्पतालमा सिटिस्क्यान उपकरणसमेत भित्रिएपछि बिरामीलाई राहत भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविरञ्जन प्रधानले बताए ।
अस्पतालमा थपिएको सेवाका कारण नागरिक स्वास्थ्य बीमामा थप आकर्षित भएका छन् । पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक तीन हजार पाँच सय तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य सात सयका दरले शुल्क बुझाई बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिकरूपमा एक लाखसम्म उपचार खर्च निःशुल्क हुने स्वास्थ्य बीमाको नीतिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रतिनिधि विवादले रास्वपाको बन्दसत्र भोलिसम्म स्थगित
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते
- रास्वपाको महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि, बागमतीबाट सबैभन्दा बढी
- रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको सम्बोधन रहने
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो



ट्रेन्डिङ
खबरमुकाम





