कोलम्बिया । उत्तरपश्चिमी कोलम्बियामा भएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । आइतबार जारी आधिकारिक तथ्याङ्कअनुसार उद्धारकर्ताहरूले हराएका मानिसहरूको खोजी जारी राखेका छन् । यसअघि अधिकारीहरूले मेडेलिन र क्विब्डो सहरलाई जोड्ने सडकमा शुक्रबार भएको पहिरोबाट २३ जनाको मृत्यु भएको बताएका थिए ।
राष्ट्रपति गुस्ताभो पेट्रोले सबै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । यसैगरी पोप फ्रान्सिसले भ्याटिकनबाट पीडितहरूका लागि प्रार्थना गरेका थिए । सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरूमा पहाडको केही भाग ढलेर कारहरूको लाइनमा खसेको देखिन्छ । पहिरो खसेपछि लगत्तै केही मानिसहरू चिच्याएको आवाज सुनिन्छ ।
कोलम्बियाको प्रशान्त महासागरमा अवस्थित चोको क्षेत्रमा २४ घण्टा भन्दा बढी तीव्र वर्षा पछि पहिरो गएको थियो । प्रशासन कार्यालयले थप पहिरोको उच्च जोखिमबारे चेतावनी दिएको छ ।कार्यालयले बुलेटिनमार्फत् यस क्षेत्रमा जोखिममा रहेका मानिसहरूको जीवन रक्षा गर्न सबै आवश्यक कदम चाल्न आह्वान गरेको छ ।
डिसेम्बर २०२२ मा कोलम्बियाको सोही भागमा भएको भूस्खलनमा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने मानिसहरू बस लगायतका अन्य सवारी साधनहरूमा फसेका थिए ।कोलम्बियाको धेरै जसो भाग खडेरीको चपेटामा परेको बेला, मौसमविद्हरूले प्रशान्त क्षेत्रको सिमानामा रहेका धेरै विभागहरूमा भारी वर्षाको जोखिम रहेको चेतावनी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







