फिक्कल (इलाम) । इलामको सूर्योदय नगरपालिकाले विद्यार्थीका लागि बाल बचत अभियान सुरु गरेको छ । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तर्गत अनिवार्य बैङ्क खाता खोलेर बचत गर्न थालिएको हो ।
उक्त कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि तयार गरी बाल बचत अभियान सञ्चालनमा ल्याएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिए । कार्यविधिअनुसार प्रत्येक विद्यार्थीले अनिवार्य बैङ्क खाता खोलेर दैनिक बचत गर्नुपर्ने र त्यसमा नगरपालिकाले साझेदारी गरिदिने भएको छ ।
विद्यार्थीलाई बचत गर्ने बानी विकास गर्न यस्तो कार्यक्रम ल्याइएको उनले बताए । उक्त कार्यक्रममा कक्षा एकदेखि छसम्मका विद्यार्थी सहभागी हुन पाउनेछन् । नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीका लागि राष्ट्रिय वाणिज्य बैङ्क र संस्थागत विद्यालयका विद्यार्थीका लागि हिमालयन बैङ्क लिमिटेडसँग सम्झौता गरेर काम अगाडि बढाएको छ ।
“हामीले दुईवटा बैङ्कसँग सम्झौता गरेका छौँ । ती बैङ्कले सबै विद्यार्थीको खाता शून्य ब्यालेन्समा खोलिदिनाका साथै रु एक सय जम्मा गरिदिन्छ,” नगरप्रमुख राईले भने, “विद्यार्थीहरुले त्यो खातामा प्रत्येक दिन न्यूनतम रु पाँच जम्मा गर्नुपर्छ । थप रकम आफ्नो गच्छेअनुसार बचत गर्न सक्छन् । नगरपालिकाले विद्यार्थीको बचतको ब्याजमा दुई प्रतिशत रकम वार्षिक रूपमा एकमुष्ट जम्मा गरिदिन्छ ।”
कार्यक्रमअन्तर्गत नगरभित्रका सबै विद्यार्थीले बैङ्क खाता खोलिसकेका छन् । सामुदायिक विद्यालयका एक हजार ५० र संस्थागत विद्यालयका दुई हजार दुई सय विद्यार्थीले बैङ्क खाता खोलिसकेको युवा, खेलकँद तथा शिक्षा शाखाप्रमुख योगनिधि भट्टराईले बताए ।
उक्त नगरपालिकामा एक क्याम्पस, ६३ वटा सामुदायिक विद्यालय, ३० वटा संस्थातग विद्यालय र ५५ वटा बालविकास केन्द्र छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रतिनिधि विवादले रास्वपाको बन्दसत्र भोलिसम्म स्थगित
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते
- रास्वपाको महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि, बागमतीबाट सबैभन्दा बढी
- रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको सम्बोधन रहने
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो



ट्रेन्डिङ
खबरमुकाम





