नयाँदिल्ली। भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसले सन् २०२४ को आम निर्वाचनको पूर्वसन्ध्यामा आयोजना गरेको ‘राष्ट्रव्यापी पदयात्रा’ सोमबार इम्फाल वेस्टबाट शुरू गरिएको छ। कांग्रेसको दोस्रो चरणको ‘राष्ट्रव्यापी पदयात्रा’ को दोस्रो दिन हो ।
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पार्टीका वरिष्ठ नेता राहुल गान्धीले ‘भारत जोडो न्याय यात्रा’ अर्थात् ‘भारत एकता न्याय मार्च’ को आइतबार उद्घाटन गरेका थिए। गत बर्ष मणिपुरमा भएका जातीय हिंसाका कारण १८० भन्दा बढीको ज्यान गएको थियो र हजारौं घरबारविहीन भएका थिए ।
गान्धीले राज्यको थौबल जिल्लाबाट पदयात्रालाई उद्घाटन गरेका थिए। उनले मणिपुरमा शान्ति र सद्भाव ल्याउने प्रतिज्ञा गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मणिपुरको भ्रमण नगरेको भन्दै कटाक्ष गरे ।
उनले भने, “लाखौं मानिसले क्षति बेहोर्नुपर्यो, तर प्रधानमन्त्री यहाँ आँसु पुछ्न, हात समात्न वा अँगालो हाल्न आउनुभएको छैन् ।”
“तपाईंको पीडा उनीहरूको पीडा होइन,’ गान्धीले प्रधानमन्त्री र उनको दलका नेतातर्फ संकेत गर्दै भने ।
उनले भने, “मणिपुरका जनताले भोगेको पीडा हामीले बुझेका छौं। हामी चोट, दुःख बुझ्छौं। हामी जसको लागि यो राज्य परिचित थियो उनीहरूबीच सद्भाव, शान्ति र स्नेह फिर्ता ल्याउनेछौं ।”
पलयात्राको लक्ष्य ६६ दिनमा छ हजार ७०० किलोमिटरभन्दा बढी दूरी पार गर्नु रहेको छ। मार्च २० मा भारतको आर्थिक राजधानी मुम्बईमा यसको समापन हुनेछ ।
सन् २०२२ को सेप्टेम्बरमा गान्धीले करिब १५० दिनमा चार हजार किलोमिटरको दूरी पार गरेर यस्तै अभियान चलाएका थिए। जनवरी २०२३ मा समाप्त भएको पहिलो पदयात्राले कांग्रेससजनबीच सकारात्मक प्रतिक्रिया पाएको थियो। पदयात्राले देशभरिका दलका हजारौं नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई काङ्ग्रेसको भूमिकाप्रति आशावादी बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







