काठमाडौं । नेपाल एक्टिभ प्रोडक्सन प्रा.लि. ले पहिलोपटक गर्न लागेको गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड– २०२४ को आवेदन फारम खुल्ला गरिएको छ। फारम भर्न गीतको नाम वा युट्युब लिंक,सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर आवश्यक छ।
२०७९ सालदेखि २०८० पौष १५ भित्र उत्पादन भएका विभिन्न नेपाली गीत संगीत र फिल्मले अवार्डमा भाग लिन पाउनेछन्। गीत संगीत र कलाकारको प्रोत्साहनका लागि यो अवार्ड कार्यक्रमको आयोजना गरिएको नेपाल एक्टिभ प्रोडक्सन प्रा.लि. का निर्देशक सुर्य मम्बा तामाङले बताएका छन् ।
यस्तै नेपाली गीत संगीतको संरक्षण र सम्बर्द्धनका साथै कलाकारहरुको मनोबललाई उच्च बनाउन कार्यक्रमको आयोजना गरिएको तामाङले बताए। यसैगरी सांगीतिक क्षेत्रमा क्रियाशील व्यक्तित्व र कामको मूल्याङ्कन र उनीहरूको कामलाई अझै हौसला प्रदान गर्न कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोकले जनाएको छ।
आधुनिक, लोक, पप, लोकदोहोरी, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, चलचित्र, पर्वजस्ता विभिन्न विधा अवार्डमा समावेश गरिने छ । गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, म्युजिक भिडियो निर्देशक, छायाँकार, सम्पादक, कोरियोग्राफर, मोडल सहित विभिन्न ५६ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।
टप– ५ नोमिनेशन आगामी माघ तेश्रो साताभित्र सार्वजनिक गरिने छ भने अवार्ड समारोह फागुनमा काठमाडौँमा आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







