काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठकका निर्णय सर्कुलर गरेको छ । हिजो आइतबार पार्टीले महाधिवेशनको कार्यतालिकासहितको आन्तरिक सर्कुलर मातहत समितिलाई जारी गरेको हो ।
जसअनुसार मधेस प्रदेश अन्तर्गतका राजनीतिक समितिका सदस्यहरुको बैठक बोलाइएको छ । पार्टीको केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयनका लागि परिपत्र जारी गर्दै आगामी माघ ६ गते बिहान ११ बजे पार्टी प्रदेश कार्यालय जनकपुरमा सांगठनिक तथा राजनीतिक विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो ।
त्यसैगरी आसन्न माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि गठबन्धन दलका उम्मेदवारहरुलाई विजय गराउन सबैले भूमिका निर्वाह गर्ने र जसपा, नेपालको मतदाता, मतभार रहेका कोसी प्रदेश, मधेश प्रदेश, लुम्विनी प्रदेश लगायत सबै प्रदेश र अन्तर्गत जिल्लाहरुमा समेत गठबन्धनमा रहेका दलहरु संलग्न राष्ट्रिय सभा सदस्य निर्वाचन समन्वय समिति गठन गरी परिचालन गर्ने निर्णय सर्कुलर गरिएको छ ।
साथै जसपा, नेपालको विधान २०८० को धारा ५४ (३) अनुसार राष्ट्रिय समिति गठनका सन्दर्भमा सीमा जोडिएका तर ऐतिहासिक थातथलो दुई वा दुई भन्दा बढी प्रदेशमा खण्डीत भएको स्थितिमा सीमा जोडिएका पालिका प्रतिनिधिहरु जातीय वा सामुदायिक वाहुल्यताका आधारमा आ–आफ्नो पहिचानमा आधारित राष्ट्रिय समितिमा संगठित हुन सक्ने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







