काठमाडौं । नाट्यकर्मी महासंघद्वारा आयोजित राष्ट्रिय बाल नाटक मेला २०७९ मा उत्कृष्ट भएको नाटक ‘पार्वती’ अन्तराष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन भारत प्रस्थान गरेको छ । भक्तपुरको निस्ट स्कूलले प्रस्तुत गरेको नाटक पार्वतीले गत वर्षको संस्करणमा सर्वोत्कृष्ट नाटकको पुरस्कारका साथै अन्य ६ वटा विधामा पुरस्कार जित्न सफल भएको थियो ।
भारतको उडिसा राज्यको कट्टक शहर आयोजना हुने ग्लोबल थिएटर फेस्टिभल २०२४ मा भाग लिन नाटकका कलाकारहरु रुमानी रोकाया, आर्जन अधिकारी, सौर्या शाह, सुजन पहाडी, आराध्य खतिवडा, जिविका खतिवडा, स्यारोन कटुवाल, ट्रेजा ढकाल, प्रशंसा कटुवाल लगायत नाटक टोली त्यस तर्फ प्रस्थान गरेका हुन् ।
देउकी परम्परामा आधारित नाटकको लेखन तथा निर्देशन पुस्पराज अवस्थीले गरेका हुन् । नाटकले उठाएको विषयवस्तु र कलाकारहरुले गरेको उत्कृष्ट प्रस्तुतिकरणको दर्शकहरुले गत वर्ष मुक्त कण्ठले प्रशंसा गरेका थिए ।
सांस्कृतिक संस्थान र प्याब्सनको संयुक्त आयोजनामा भएको मेलामा गत वर्ष निर्णायकका रुपमा राजेन्द्र शलभ, भुवन चन्द र शेखर चापागाईँ रहेका थिए । यो वर्ष पनि राष्ट्रिय नाटक मेला २०८० आगामी फागुन ७ देखि १६ गते सम्म आयोजना हुने महासंघका अध्यक्ष राजेन्द्र रिमालले बताएका छन् । उनी भन्छन्, ‘त्यसका लागि सहभागिताका लागि आव्हान भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







