काठमाडौँ । नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोक तथा साहित्यकार युयुत्सु आरडी शर्माले ‘प्रतीक’ साहित्यिक पत्रिकाको अस्ट्रेलिया विशेषांक ‘फायर एन्ड रेन’ (आगो र वर्षा) को आज विमोचन गरेका छन् ।
यहाँस्थित अस्ट्रेलियाली राजदूतावासमा आयोजित समारोहमा विमोचित विशेषांकमा अस्ट्रेलियाली कविलेखकका कविता, कथा र निबन्ध, चित्रहरूका साथै राजदूत भोकसँग सम्पादक शर्माले लिएको लामो अन्तर्वार्ता समावेश गरिएको छ ।
नेपालबाट प्रकाशन भइरहेको साहित्यिक अङ्ग्रेजी पत्रिका ‘प्रतीक’, एसिया प्यासिफिक राइटर्स एन्ड ट्रान्सलेटर्स र रेड रुम पोयट्रीको सहकार्यमा प्रकाशित विशेषांक हो जसका सम्पादकमा साहित्यकार शर्मा, स्याली ब्रिन र जेनिफर म्याकेन्जी छन् । विशेषांकमा प्राकृतिक र सहरी विश्वको सम्बन्धबारे चिन्ता र अनिश्चितता तथा हिंसा र कोमलतासम्बन्धी विषय अभिव्यक्त छन् ।
राजदूत भोकका दुई उपन्यास ‘लाइटनिङ’ (चट्याङ) र ‘डिजायर लाइन्स’ शीर्षकमा प्रकाशन पनि भइसकेका छन् । सो अवसरमा राजदूत तथा साहित्यकार भोकले जहाँ बसेका भए पनि मानिसको अनुभव विश्वव्यापी नै हुने बताउँदै ‘प्रतीक’ को अस्ट्रेलिया विशेषांक नेपाल र विश्वभरका लागि अस्ट्रेलियाली लेखकहरूलाई बुझ्ने पाउने एक उपहार हुने विश्वास व्यक्त गरे । युद्ध र जलवायु परिवर्तनको यस समयमा मानवता नै आवश्यक हुने पनि उनले बताए ।
साहित्यकार तथा ‘प्रतीक’ को विशेषांकका सम्पादक शर्माले राजदूत भोक वास्तविक रूपमा भाषा, साहित्य र संस्कृतिको पनि वास्तविक राजदूत भएको विचार राख्दै उनकै सहयोगमा आदिवासी जनता, जलवायु परिवर्तन, पुर्खाका स्मृति प्रस्तुत विशेषांक प्रकाशन गर्न सकिएको बताए । उनले सो विशेषांकमा समेटिएका तीन कविता पनि वाचन गरे । राजदूत भोकको एक उपन्यास लेखक शर्मा र साहित्यकार अमर आकाशबाट नेपालीमा अनुवाद भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने



ट्रेन्डिङ
खबरमुकाम






