काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालसँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीसँग आज भएको छलफलमा उनले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवा गुणस्तरीय र सुलभ हुनुपर्ने बताए ।वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, “बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उनिहरूले गुनासो गर्ने अवस्था आउन भएन ।” वीर अस्पतालले परम्परागत तवरलेभन्दा पनि जनताले अनुभूत गर्नेगरी आफ्ना सेवा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।
कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने विश्वास दिलाए ।
छलफलमा न्याम्सका उपकुलपति डा भूपेन्द्रकुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउँदै वीर अस्पताललाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते
- रास्वपाको महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि, बागमतीबाट सबैभन्दा बढी
- रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको सम्बोधन रहने
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता



ट्रेन्डिङ
खबरमुकाम






