काठमाडौं । काठमाडौं मेडिकल कलेजको विवाद समाधान भएको छ । आचरण विपरित कार्य गरेको भन्दै कलेज प्रशासनले एक महिना निलम्बन गरिएका आवासिय चिकित्सक डा.विशद दाहालले आत्मलोचना गरेपछि विवाद समाधान भएको हो ।
आज कलेजका तर्फबाट सहायक प्राचार्य डा.पावना कायस्थ तथा कलेजका आन्दोलनरत आवासिय चिकित्सकहरुका तर्फबाट प्रतिनिधित्व गर्ने डा.बिजय केसीविच सहमति भई विवाद समाधान भएको हो ।
डा.विशद दाहालले विगतका कमीकमजोरी स्वीकार्दै आत्मलोचना गरेपछि काठमाडौं मेडिकल कलेजले उनको निलम्बन समेत फिर्ता लिएको छ । आज बसेको वार्तामा दुई पक्षविच कलेजले सञ्चालन गर्ने निःशुल्क स्वास्थ्य शिविरलाई व्यवस्थित र सहज रुपमा सञ्चालन गर्न समेत आठ बुँदे सहमति गरिएको छ ।
मंगलबार शिक्षामन्त्री अशोककुमार राईले पत्र नै काटेर निलम्बित डा.विशद दाहालको निलम्बन फुकुवा गर्न कलेजलाई निर्देशन दिएका थिए । आचरण विपरित कार्य गरेको भन्दै निलम्बन गरिएका चिकित्सकको पक्षमा शिक्षामन्त्री नै लागेपछि त्यसअघि सकारात्मक भएको वार्ता विथोलिएको थियो । सोक्रममा कलेजका सञ्चालक डा. सुनिलकुमार शर्माले कलेजको स्वास्थ्य सेवा र शैक्षिक गतिविधि नै प्रभाव पार्ने कार्य गरेका चिकित्सकको पक्षमा शिक्षामन्त्री नै उभिनु लज्जास्पद र हास्यास्पद भन्दै विशद दाहाललाई विश्वविद्यालयमै फर्काइदिने र शिक्षामन्त्रीको निर्देशनको विरुद्ध कानुनी कारवाहीमा जाने चेतावनी दिएका थिए ।
सहमति अनुसार आवासिय चिकित्सकहरुले पुष १२ गते घोषणा गरेका सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिई नियमित कामकाज र अध्ययनमा फर्कने, ८१ जना आवासिय चिकित्सकले पुष ११ गते कुनैपनि स्वास्थ्य शिविरहरुमा संलग्न नहुने भनि दिएको निवेदन बदर हुने तथा कलेजले स्थानीय स्तरमा आयोजना गरिने निःशुल्क स्वास्थ्य शिविरमा संलग्न हुने भनिएको छ ।
यस्तै, निःशुल्क स्वास्थ्य शिविरका सवालमा अब उप्रान्त अर्को व्यवस्था नभएसम्म २ हप्तामा ३ पटक र स्टे क्याम्प महिनामा एक पटक वा अस्पताल व्यवस्थापनले आवश्यक ठाने बढिमा २ पटकसम्म आयोजना गर्ने, शिविर हुने ठाउँ, दुरी र आवश्यक्ताको आधारमा एक पटकको आवासिय स्वास्थ्य शिविर सामान्यतया एक हप्तासम्मको हुने तथा एक हप्ताभित्र विभिन्न ठाउँहरुमा गरिने शिविरलाई एउटा स्टे क्याम्पका रुपमा गणना गरिने लगायतको सहमति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







