काठमाडाै । समाजवादी ट्रेड युनियन महासंघले वैदशिक रोजगारीमा रहेका श्रमिकहरुलाई संगठीत गर्ने अभियान थालेको छ । जसअनुसार युएइमा कार्यरत श्रमिकहरुलाई संगठीत गर्न महासंघअन्तर्गतको घटक संगठन स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघले सदस्यमार्फत आज संगठनको झण्डा र व्यानर हस्तान्तरण गरेको छ ।
संगठनले उक्त मुलुकमा रहेका नेपाली श्रमिकहरुलाई एकिकृत र संगठीत गर्दै श्रमिकहरुको समस्या र अधिकारका लागि पहल गर्ने स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघका अध्यक्ष प्रेम तामाङ्गले बताए । सो अवसरमा केही श्रमिकहरु समेत पार्टी प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठले खादा ओढाएर स्वागत गरेका थिए । सो अवसरमा पार्टीका कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत, समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्साल तथा पार्टीका युवा नेता विकास व्लोनलगायत उपस्थित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







