काठमाडौं । महिला पर्यटन व्यवसायी सञ्जालले हाइकिङ्ग कार्यक्रम आयोजना गरेको छ ।
महिला पर्यटन व्यवसायी निर्मला धमलाको अध्यक्षतामा पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्ने मुख्य उद्देश्यले आइतवार सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट अनन्तलिङ्गेश्वर हुँदै रिसाल डाँडासम्म हाइकिङ्ग कार्यक्रम गरेको हो ।

उक्त स्थानमा हाल आन्तरिक तथा वाह्य पर्यटकहरुको चहलपहल बढ्दै गइरहेको छ । प्राकृतिक रुपमा मनोरम स्थल रहेको उक्त स्थानबाट काठमाडौँ उपत्यका तथा आसपासका विभिन्न डाँडाकाडाँहरुको दृष्यावलोकन गर्न सकिन्छ । त्यस्तै रिसाल डाँडाबाट २२ वटाभन्दा बढी हिमालहरुको अवलोकन गर्न पाइन्छ ।
पर्यटन व्यवसायी लक्ष्मी अधिकारी भनिन्, ‘भक्तपुरमा पर्यटन क्षेत्रको अथाह सम्भावना र भविष्य रहेको छ । यसले यहाँको विकास र समृद्धिमा मात्र नभई आर्थिक समृद्धिमा समेत ठूलो टेवा पुग्नेछ । सबैजना आ–आफ्नो ठाउँबाट लागे पर्यटनलाई उद्योग र उत्पादनसँग जोडेर असंख्य रोजगारी सिर्जना गर्न सकिन्छ । यो ठाउँ प्राकृतिक रुपमा मनोरम छ, भविष्यमा पर्यटकीय क्षेत्रको ठूलो सम्भावना बोकेको क्षेत्र हो । सम्भावनालाई यथार्थमा रुपान्तरण गर्न हामीले हाइकिङ्ग कार्यक्रम आयोजना गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







