इक्वेडर । इक्वेडरको चिम्बोराजो प्रान्तको रियोबाम्बा शहरको एक कारागारबाट सोमबार राति करिब ३९ कैदीहरू सुरक्षा घेरा तोडेर फरार भएका छन् ।
रियोबाम्बाका नगर प्रमुख जोन विनुएजाले स्थानीय पिचिन्चा रेडियो स्टेसनलाई दिएको जानकारीअनुसार कारागारमा दङ्गापछि विष्फोट भएको र केही कैदीहरू भाग्न सफल भएको बताए ।
उनले भने, “कारागारको सुरक्षा घेरा तोडेर ३९ कैँदी भागेका छन् । मैले प्राप्त गरेको जानकारीअनुसार फरारमध्ये १२ जनालाई पुनः कब्जामा लिइएको छ ।”
प्रहरी विवरणलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार स्थानीय समयअनुसार राति १०ः४५ बजे जेलको सेन्ट्री बक्सबाट कैदीहरू भागेका थिए ।
फरार हुनेमा ‘लस लोबोस’ आपराधिक सङ्गठनसँग सम्बन्धित कुख्यात अपराधी फेब्रिसियो कोलोन पिको पनि छन् । पिकोविरूद्ध महान्यायाधिवक्ता डायना सालाजारविरुद्ध आक्रमणको योजना बनाएको आरोप लगाइएको छ ।
अधिकारीहरूले उनलाई अर्को जेलमा स्थानान्तरण गर्ने योजना बनाइरहेका बेला कोलोन भाग्न सफल भएका हुन् ।
रियोबाम्बामा भएको घटनापछि इक्वेडरका विभिन्न जेलमा दङ्गा भड्किनुका साथै सोमबार राति र मङ्गलबार बिहानै देशका विभिन्न सहरमा विस्फोटक पदार्थ र प्रहरी अधिकारीहरूको अपहरण भएको थियो ।
सरकारले हिंसा बढेपछि आपराधिक गतिविधि रोक्नका लागि रात्रिकालीन कफ्र्यूसहित ६० दिनको आपतकालीन अवस्था घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







