काठमाडौं । सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी संसद्मा विचाराधीन सङ्क्रमणकालीन न्यायसँगसम्बन्धित विधेयकमा आफूहरूले कुनै किसिमको बाधा अवरोध खडा नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सङ्क्रमणकालीन न्यायसँगसम्बन्धित विधेयकमार्फत द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारका जायज माग सम्बोधन गर्न आग्रह गर्दै उनीहरूले सरकारले सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र विद्रोहीबाट मारिएका दुवै पक्षलाई समान व्यवहार गरेका कारण आफूहरू विधेयकप्रति सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
भेटमा द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका वरिष्ठ उपाध्यक्ष रीता कार्कीले युद्धको पीडा र मर्म प्रधानमन्त्री दाहाललाई जति अरू नेतालाई अनुभूत नहुने भन्दै प्रधानमन्त्री दाहालकै कार्यकालमा द्वन्द्वपीडितका सबै माग सम्बोधन हुने विश्वाससमेत व्यक्त गरिन् ।
त्यस अवसरमा प्रधानमन्त्री दाहालले सरकारले सरकार र विद्रोही दुवै तर्फबाट मारिएका परिवारलाई समान व्यवहार गरेको र भविष्यमासमेत कुनै प्रकारको भेदभाव नहुने स्पष्ट पार्दै विधेयकमा सम्भव हुने विषय समावेश गरी परिमार्जन गरिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते
- रास्वपाको महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि, बागमतीबाट सबैभन्दा बढी
- रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको सम्बोधन रहने
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता



ट्रेन्डिङ
खबरमुकाम






