काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोकप्रसाद राईले काठमाडौँ मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिएका छन् । काठमाडौँ विश्वविद्यालयको सहकुलपतिका हैसियतले मन्त्री राईले त्यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री राईको उक्त निर्देशनबारे मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई आज जानकारी गराउँदै निजमाथिको निलम्बन फुकुवा गरी विश्वविद्यालयले तय गर्ने मापदण्ड जारी भएपछि मात्रै चिकित्सकहरुलाई स्वास्थ्य शिविरमा परिचालन गराउन निर्देशन दिइएको बताए ।
उक्त कलेजले १२ दिनअघि डा दाहाललाई खटाइएको शिविरमा नगएका कारण निलम्बन गरेको थियो भने उक्त कारबाही नियमसङ्गत नभएको भनी संसदीय समितिमा आवाज उठेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







