ललितपुर । ललितपुर महानगरपालिका–२ सानेपास्थित बागमती करिडोरमा शहीद स्मारक पार्क निर्माण सुरु भएको करिब १५ वर्ष बितेपनि पार्कले अझै पूर्णता पाएको छैन । विसं २०६६ मा शहीदको सम्झनामा शहीद स्मारक पार्क निर्माण समितिद्वारा निर्माण सुरु भए पनि हालसम्म पार्क व्यवस्थित बन्न सकेको छैन ।
बागमती करिडोरमा स्मारक पार्कसँगै निर्माण सुरु गरेका बिपी र मनमोहन पार्क हाल हराभरा छन् । अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिले बागमती करिडोरलाई व्यवस्थित गर्ने जिम्मा लिएपछि तत्कालिन शहीद स्मारक पार्क निर्माण समिति अहिले छैन भने पार्क हेरचाहका निम्ति कर्मचारी पनि छैनन् । उक्त पार्क अस्तव्यस्त अवस्थामा छ ।
विकास समितले करिडोरका पार्कलाई थप व्यवस्थित गर्न महानगरलाई हस्तान्तरण गर्ने पक्रियामा रहेकाले हस्तान्तरणपछि सबै पार्कलाई थप व्यवस्थित गरिने ललितपुर–२ का वडाध्यक्ष राजेशकुमार महर्जनले जानकारी दिए । हेरचाहका लागि कर्मचारी नरहेकाले हाल पशुचौपाय पार्कमा प्रवेश गरेका हुन्छन् ।
सधैँ खुल्ला रहने गेटमा ठूलो अक्षरमा ‘शहीद स्मारक पार्क’ लेखिएकाले मात्र पार्क हो भन्ने थाहा हुने स्थानीय बताउँछन् ।
विकास समितिले महानगरलाई पार्क हस्तारण नगरेपनि वडाले शहीद स्मारक पार्कको संरक्षण गरिरहेको वडाध्यक्ष महर्जनले जनाए । उनले भने, “विकास समतिले महानगरलाई अधिकार हस्तान्तरण गरेपछि पार्कलाई थप व्यवस्थित गर्ने तयारीमा छौँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते
- रास्वपाको महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि, बागमतीबाट सबैभन्दा बढी
- रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको सम्बोधन रहने
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता



ट्रेन्डिङ
खबरमुकाम






