टोकियो । जापानको इशिकावामा ७.६ म्याग्निच्युडको भूकम्प गएको चौथो दिनसम्ममा मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ । यस क्षेत्रमा उद्धार तथा खोजी कार्यहरू तीव्र रूपमा भइरहेको छ क्षतिको तथ्याङक भने बढ्दै गएको देखिन्छ ।
स्थानीय समय अनुसार शुक्रबार बिहान ९ बजेसम्म इशिकावामा २४२ जना बेपत्ता भएको जापानी समाचार संस्था, क्योदोले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ ।
भूकम्पपछि सबैभन्दा प्रभावित तटीय सहर वाजिमामा अझै पनि ४० भन्दा बढी मानिसहरु भग्नावसेसमा फसेका छन् । जापानको सेल्फ डिफेन्स फोर्सका अनुसार, प्रहरी र दमकल विभागका चार हजार ६०० कर्मचारीहरु मिलेर बेपत्ताहरूको खोजी तथा सुरक्षाको पुष्टि गर्ने प्रयासहरू गरिरहेका छन् ।
क्योदोका अनुसार जापानको भू–स्थानिक सूचना प्राधिकरणलाई उद्धृत गर्दै वाजिमा सहरको केन्द्रमा भुइँचालोका क्रममा आगलागी भएपछि करिब ४८ हजार वर्ग मिटर क्षेत्रफल नष्ट भएको छ ।
क्षतिग्रस्त क्षेत्रका १० भन्दा बढी स्थानमा पहिरोले सडक अवरुद्ध भएकाले अत्यावश्यक सामग्रीको पु¥याउन चुनौती थपिएको छ । यसैबीच, ७०० भन्दा बढी व्यक्तिहरू भूकम्प प्रभावित वाजिमाका वरपरका विभिन्न स्थानमा फसेका छन् ।
भूकम्पले यस क्षेत्रको पूर्वाधारमा गम्भीर असर परेको छ । लगभग तीस हजार घरधुरीले बिद्युत अवरूद्धताको सामना गरिरहेका छन् । करिब १३ सहरका ८० हजार घरधुरीललाई खानेपानी आपूर्तिमा समस्या भएको छ ।
इशिकावामा करिब ३७० तिन निकासी केन्द्रहरूमा करिब ३३ हजार मानिसहरू बसेका छन् । शौचालयलगायतका सरसफाइसम्बन्धी विषयमा पनि चिन्ताजनक अवस्था देखा परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सोमबार इशिकावाको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । जापान मौसम विज्ञान अनुसनधानसम्बन्धी निकायले भूकम्पलाई नोटो प्रायद्वीप भूकम्प २०२४ नामाकरण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते
- रास्वपाको महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि, बागमतीबाट सबैभन्दा बढी
- रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको सम्बोधन रहने
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता



ट्रेन्डिङ
खबरमुकाम






