मनिला । मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइबार बिहान भएको झडपमा एक जना सैनिक र छ जना संदिग्ध विद्रोहीको मृत्यु भएको फिलिपिन्सका रक्षा अधिकारीहरूले बताएका छन् ।
सरकारी सेना र १४ जना न्यु पिपुल्स आर्मी (एनपीए) विद्रोही बीच चार घण्टासम्म चलेको गोलीबारी स्थानीय समय अनुसार आइतबार दिउँसो २ बजे बालयान शहरमा भएको फिलिपिन्स सेनाको दोस्रो इन्फन्ट्री डिभिजनका प्रवक्ता हेक्टर इस्टोलासले बताएका हुन् ।
एस्टोलासका अनुसार एनपीएले केही योजना बनाउनका लागि यस क्षेत्रमा अस्थायी शिवि खडा गर्दै गरेको सूचना पाएपछि सरकारी सेनाहरूले आक्रमण शुरु गरेका थिए । झडपमा एक जना सैनिकसहित सात जनाको मृत्यु भएको थियो। अन्य तीन सैनिक घाइते भएका छन् । भाग्ने एनपीए विद्रोहीहरू विरुद्ध खोजी कार्य जारी रहेको एस्टोलासले बताए । एनपीए विद्रोहीहरू सन् १९६९ देखि सरकारसँग लड्दै आएका छन् । तिनीहरूले ग्रामीण क्षेत्रहरूमा आफ्नो आक्रमण केन्द्रित गर्दै सेनासँग झडप गरिरहेका छन् ।
सैन्य तथ्याङ्क अनुसार एनपीएमा दुई हजार सदस्यहरू छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






