काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको लागि एमालेकै सरकार चाहिने बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कार्यक्रम अन्तर्गत शनिबार गोरखाको आरुघाटमा आयोजित कार्यक्रममा बोल्दै ओलीले एमाले सञ्चालन गरेको यात्राको क्रममा पनि यो कुरा प्रमाणित भएको बताए ।
झुलाघाटदेखि गोरखासम्म आइपुग्दा नेपाली जनताले देखाएको उत्साहजनक सहभागिता र साथ सहयोग प्रति ओलीले धन्यवाद दिए । एमाले सरकारमा रहँदा विकासको लहर ल्याएको र राष्ट्रिय आत्मविश्वास बढाएको ओलीले बताए । नागरिकका विभिन्न खालका समस्या एमाले सरकारले सम्बोधन गरेको उनले दाबी गरे । देश निर्माणको लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको ओलीले बताए ।
एक स्वतन्त्र र स्वाधीन राष्ट्र भएको नाताले देशको हित र विकासको निम्ति देशको हित हुने गरी सबै राष्ट्रबाट सहयोग लिनुपर्नेमा उनले जोड दिए । अहिले देशको हितमा हुने कतिपय सहयोग समेत नलिएर देश विकासको काम ठप्प पारिएको भन्दै ओलीले आलोचना गरे ।
देश विकासको काम अहिलेको गठबन्धन सरकारले गर्न नसक्ने ओलीले दाबी गरे । ‘त्यस कारण मिसन २०८४ सफल पार्नु पर्दछ, यो गठबन्धनलाई पराजित गर्नुपर्दछ, नेकपा एमालेको एक बहुमतको सरकार बनाउनु पर्दछ’, ओलीले भने ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा रहेका छन् । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ११४ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, परिषद् र सेवाग्राहीबीच विवाद
- सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
- मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त
- नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि.बीच सम्झौता
- सरकार र नर्स अभियन्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, आमरण अनशन अन्त्य
- भारतद्वारा शेख हसिनाको सम्बोधन रोक्न अस्वीकार
- यी हुन् आज भारीदेखि अति भारी वर्षा हुने प्रदेशहरु
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा

ट्रेन्डिङ
खबरमुकाम







