काठमाडौँ । न्यूरोडमा सञ्चालित दुईवटा सुन पसलमा छापा मारेर प्रहरीले ७ किलो ८ सय ग्राम सुन बरामद गरेको छ ।
न्यूरोडमा सञ्चालित ‘ओम पर्ल गोल्ड प्रा.लि’ र ‘कैलाश ज्वेलर्स प्रा.लि’मा छापा मारेर सञ्चालकलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–७ घर भएका पदमप्रसाद पाण्डे छन् । ४१ वर्षीय पाण्डे हाल नागार्जुन नगरपालिका–२ स्थित सानो भर्याङमा बस्छन् । सुन पसलमा भेटिएको सुनका बिस्कुट र गहना प्रहरीले बरामद गरेको छ ।
बरामद सुन थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयले राजस्व अनुसन्धान विभागमा बुझाएको छ । दुईवटा पसलबाट बरामद गरिएको सुन र ४१ सय डलर राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
बरामद गरिएको सुन अवैध बाटोबाट ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुबई र चीनबाट आरोपीले भन्सार छलेर सुन ल्याएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी रेग्मीले बताए । उनले भने–‘सुन अवैध तरिकाले काठमाडौँ ल्याएको आशङ्का गरिएको छ, थप अनुसन्धान हुँदै छ ।’
सुन पसलमा ३९ लाख ५० हजार नेपाली रुपैयाँ भेटिएको छ । पाण्डेले नेपाली रुपैयाँको स्रोत खुलाउन नसकेपछि अनुसन्धान कार्यालयले उनलाई राष्ट्र बैङ्क कसुरमा मुद्दा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ११४ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, परिषद् र सेवाग्राहीबीच विवाद
- सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
- मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त
- नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि.बीच सम्झौता
- सरकार र नर्स अभियन्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, आमरण अनशन अन्त्य
- भारतद्वारा शेख हसिनाको सम्बोधन रोक्न अस्वीकार
- यी हुन् आज भारीदेखि अति भारी वर्षा हुने प्रदेशहरु
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा

ट्रेन्डिङ
खबरमुकाम







