मान्म । कालीकोटका नौवटै स्थानीय तह निमित्तका भरमा सञ्चालन भइरहेका छन् । तीन नगरपालिका र छ वटा गाउँपालिकाले अहिले प्रमुख प्रशासकीय अधिकृत पाएका छैनन् । स्थानीय तह सञ्चालन ऐनमा नगरपालिकामा उपसचिव र गाउँपालिकामा अधिकृतस्तरको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था भए पनि सो अनुसार यहाँका स्थानीय तहमा हुन सकेको छैन ।
स्थानीय तह सञ्चालन आएदेखि तिलागुफा नगरपालिकाले एकपटक प्रमुख प्रशासकीय अधिकृत दरबन्दीअनुसार उपसचिव उद्धव रिजाल आए पनि छोटो समयमै सरुवा भए । अहिले त्यहाँ अधिकृतस्तरको कर्मचारी लालबहादुर मल्ल प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहेका छन् । खाडाचक्र नगरपालिकामा जिल्ला विकास समितिका छैटौँ तहका कर्मचारी प्रवलजङ शाहीलाई जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
रास्कोट नगरपालिकाले पशु सेवातर्फका सातौँ तहका प्राविधिक जवानसिंह बमलाई विगत पाँच वर्षदेखि कार्यालय प्रमुखको जिम्मेवारी भएर काम गरिरहेका छन् भने सान्नीत्रिवेणी गाउँपालिकामा पनि पशु सेवातर्फका पाँचौँ तहका प्राविधिक नेत्रबहादुर शाही कार्यालय प्रमुख भएर काम गरिरहेका छन् ।
पलाँता, नरहरिनाथ, महाँवै र शुभकालिका गाउँपालिकामा पनि पाँचौँ तहका कर्मचारीले कार्यालय प्रमुख भएर कामकाज गदै आएका छन् । कर्मचारी पनि खासै दुर्गममा बस्न नचाहने समस्याका कारण कार्यालयहरु प्रमुखविहीन बनेको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए ।
“मन्त्रालयमा दरबन्दी अनुसारका कार्यालय प्रमुखका लागि पटक–पटक ताकेता गरेपनि कोही आउन मान्नुहुन्न”, उनले भने, “यहाँ काम गर्नका निमित्त नतोकी स्थानीय तहको काम गर्न सकिन्न ।” स्थानीय तहमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा काम गर्न समस्या भएको त्यसका लागि मन्त्रालयसँग माग गर्दा पनि अहिलेसम्म पदपूर्ति हुन नसकेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टको भनाइ छ । “हामी दरबन्दी अनुसारको कर्मचारी चाहियो भनेर प्रदेश र सङ्घमा धाइरहेका छाँंै”, उनले भने, “तर सोअनुसारको कर्मचारीको पदपूर्ति नै भएको छैन ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन र रवि लामिछानेबीच बालुवाटारमा ४५ मिनेट भेटवार्ता
- प्रतिनिधिसभाको बैठक आज, चार विधेयक प्रस्तुत हुँदै
- साउनको अन्तिम सोमबार बोलबम यात्राका लागि सुन्दरीजलमा भक्तजनको भीड
- आजको मौसमः देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
- कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

ट्रेन्डिङ
खबरमुकाम







