काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकै पटकमा दिन सरकारलाई आग्रह गरेको छ ।
कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले अस्थायी आवास निर्माणका लागि दिने भनिएको रकम पुगे नपुगेकोबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र अर्थमन्त्री प्रकाशशरण महतसँग जानकारी लिएको छ ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार दुबै मन्त्रीले केन्द्रबाट रकम पठाएको, तर पीडितको हातमा नपुगेको विषयमा आफूहरु पनि चिन्तित रहेको बताएका थिए ।
बैठकले अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकमुष्ट दिन सरकारलाई आग्रह गरेको छ । सरकारले बनाएको कार्यविधिमा २५ हजार सुरुमा र आवास निर्माण सुरु भएपछि थप २५ हजार रुपैयाँ दिने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







