यमन विरूद्धको खेल हेर्न दशरथ रंगशाला आउने दर्शकलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले निः शुल्क बस सेवा उपलब्ध गराउने भएको छ।
फिफा विश्वकप एसिया छनोटअन्तर्गतको दोस्रो चरणको खेलमा नेपाल आज यमनसँग भिड्दै छ। खेल बेलुका ७ बजेदेखि सुरू हुनेछ।
खेल सक्किएपछि दर्शकरहरूलाई घर जान सहज होस् भन्नका लागि एन्फाले निःशुल्क बस उपलब्ध गराउन लागेको हो। त्यसका लागि १५ वटा बसको व्यवस्था गरिएको एन्फाले जनाएको छ।
ती बसहरू काठमाडौंका विभिन्न रूटमा चल्नेछन्।
एन्फाले उपलब्ध गराउने बसमा चढेर घर जान दर्शकहरूले टिकट देखाउनुपर्नेछ।
रूटः
आज हुने खेलको टिकट सामान्य ४ सय र भीआइपीतर्फ १ हजार रूपैयाँ निर्धारण गरिएको छ। टिकट आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा उपलब्ध हुनेछ।
अर्को चरण प्रवेशका लागि आजको खेल महत्वपूर्ण हुनेछ। नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग ४-० को हार ब्यहोरेको थियो।
यमन पनि बहराइनसँग २-० ले पराजित भएको थियो।त्यसकारण दुबै टिमलाई आजको खेल जित्नुपर्ने दबाब छ।
फिफा वरीयतामा यमन १५६औं स्थानमा रहदा नेपाल १७३औं स्थानमा छ।
दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन्। नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २-२ खेल गरी ६ खेल खेल्नेछ। दोस्रो चरणको छनोटको अन्तिम खेल ६ जुनमा हुनेछ।
चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्। पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सानिमा रिलायन्सको नवौ वार्षिक साधारण सभा सम्पन्न
- आई. एम. ई. लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारण सभा सम्पन्न
- पोखरामा मोती उत्पादनको व्यावसायिक सुरुवात
- बैंक कर्मचारीमाथि भएको अभद्र व्यवहार प्रति गम्भीर ध्यानाकर्षण
- कामना सेवा विकास बैंकद्वारा बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण
- ज्योति विकास बैंकका ग्राहकलाई "Bhotekoshi Heli Resort and Spa Pvt. Ltd." मा विशेष छुट
- एआई नीतिलाई उद्यमशिलता विकास र रोजगारी सिर्जनामा प्रयोग गरौ ः चेम्बर
- ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान


ट्रेन्डिङ
खबरमुकाम








