
काठमाडौं । हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधबार (असोज २२ गते) सम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिव रू. २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ । विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमा दाबीको करिव रू. २३ अर्ब २२ करोड ८७ लाख दाबी रकम रहेको तथ्यांक निर्जीवन बीमा कम्पनीहरूबाट प्राधिकरणमा प्राप्त भएको छ ।
निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव रू. १ अर्ब २९ करोड १९ लाख भुक्तानी भएको छ । निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७०६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आन्दोलनका क्रममा भएका क्षतिको कूल बीमा दाबी रकम करिव रू. २३ अर्ब २२ करोड
- राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा हटायो, बैंकहरूलाई पनि सेयर ट्रेडिङमा सहजीकरण
- माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान
- बाजाको तालमा नाचिने ‘सरायँ’ जोगाउन चुनौती
- एन आई सी एशिया बैंकका ग्राहकलाई किरण आँखा अस्पताल वीरगंजमा १० प्रतिशतसम्म छुट
- नेपाली व्यवसायीले भारतीय बैंकबाट कर्जा लिन पाउने
- आन्दोलनले पर्यटनमा असर
- नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै