
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले वीरगंजमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । यस बैंकका ग्राहक महानुभावहरुले उक्त हस्पिटलमा OPD, Diagnostics, Surgery, Branded optical / Non-Branded optical सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई आँखा उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आन्दोलनका क्रममा भएका क्षतिको कूल बीमा दाबी रकम करिव रू. २३ अर्ब २२ करोड
- राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा हटायो, बैंकहरूलाई पनि सेयर ट्रेडिङमा सहजीकरण
- माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान
- बाजाको तालमा नाचिने ‘सरायँ’ जोगाउन चुनौती
- एन आई सी एशिया बैंकका ग्राहकलाई किरण आँखा अस्पताल वीरगंजमा १० प्रतिशतसम्म छुट
- नेपाली व्यवसायीले भारतीय बैंकबाट कर्जा लिन पाउने
- आन्दोलनले पर्यटनमा असर
- नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै