
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने २५,००,००० कित्ताको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अजय कुमार मिश्र र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बिजय लाल श्रेष्ठ ले हस्ताक्षर गरेका छन् ।
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड, नेपाल र नेपाल बाहिरका बिरामीहरुको लागि गुणस्तरीय स्वास्थ्य सेवामा एक विश्वसनीय नाम हो । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सन् १९९३ मा ३० शैयाको सामान्य सुविधाको रुपमा आफ्नो यात्रा सुरु गरिको थियो र अहिले २०० शैयाको बहु–विशेषज्ञ अस्पतालको रुपमा सञ्चालनमा छ । यो ३०० शैयाको अस्पतालमा स्तरोत्रति गर्ने प्रक्रियामा छ । अत्याधुनिक पूर्वाधार र उन्नत चिकित्सा प्रविधिमा निरन्तर लगानीको साथ, बिरामीहरुले काठमाडौंमा नै विश्वव्यापी स्तरको हेरचाह प्राप्त गर्ने कुरा सुनिश्चित गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आन्दोलनका क्रममा भएका क्षतिको कूल बीमा दाबी रकम करिव रू. २३ अर्ब २२ करोड
- राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा हटायो, बैंकहरूलाई पनि सेयर ट्रेडिङमा सहजीकरण
- माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान
- बाजाको तालमा नाचिने ‘सरायँ’ जोगाउन चुनौती
- एन आई सी एशिया बैंकका ग्राहकलाई किरण आँखा अस्पताल वीरगंजमा १० प्रतिशतसम्म छुट
- नेपाली व्यवसायीले भारतीय बैंकबाट कर्जा लिन पाउने
- आन्दोलनले पर्यटनमा असर
- नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै