काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले विद्यार्थीले राजनीति गुरुबाट सिक्नु पर्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै साहले यस्तो बताएका हुन् ।
विद्यालय तथा विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने तथा कर्मचारको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयको बचाउ गर्दै प्रधानमन्त्री साहले सामाजिक सञ्जालमार्फ आफ्नो प्रतिक्रिया दिएका छन् ।
‘हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भिडबाट होइन । कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन, हामी चाहन्छौँ विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति, कर्मचारीले जनताको सेवा सिकून्, कुनै दलको होइन ।’–साहले लेखेका छन् ।
यो प्रणाली बचाउने, भविष्य बचाउने, देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने, शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने प्रयास भएको उनको भनाइ छ । ‘त्यसैले तपाइहरूकै चाहनाअनुरूप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौँ’, उनले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







