काठमाडौं । काभ्रेको रोशी खोलामा ठूलो मानवीय संकट टरेको छ । सुरक्षाकर्मीको सक्रियताको कारण त्यहाँ मानवीय दुर्घटना हुन नपाएको हो ।
अविरल वर्षाका कारण रोशी खोलाको बहाव बढ्दा खोलाको बीच भागमा फसेका ८९ जना यात्रुहरूलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आइतबार साँझदेखि परेको निरन्तर वर्षाले रोशी खोलामा पानीको बहाव उच्च भएपछि पाँचवटा माइक्रोबस बीच खोलामा अड्किएका थिए । ती सवारीमा सवार ८९ जना यात्रुहरूलाई नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले मंगलबार राति करिब १ बजे उद्धार गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएको हो ।
उद्धार कार्यपछि प्रहरीले लापरवाहीपूर्वक सवारी सञ्चालन गरी यात्रुको ज्यान र सम्पत्तिमा जोखिम सिर्जना गरेको आरोपमा पाँचवटै माइक्रोबसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । बीपी राजमार्ग अन्तर्गत पर्ने उक्त रुटमा यातायात आवागमनमा प्रतिबन्ध लगाइएको थियो । त्यसका बावजुद पनि चालकले अटेर गरी सवारी साधन चलाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







